Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

चितवनमा ५ सय भूमिहीनलाई लालपुर्जा

२१ बिहिबार , मंसिर २०८०८ महिना अगाडि

चितवनमा ५ सय भूमिहीनलाई लालपुर्जा

चितवन जिल्लाका पाँच सय भूमिहीनलाई जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिने भएको छ । जिल्लाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गरिने भएको हो ।

जिल्लाको स्थानीय निकायहरु भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका भित्रका परिवारलाई पुर्जा वितरण गर्न लागिएको बताईएको छ । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार उक्त स्थानीय निकायहरुमा बसोबास गर्ने सुकुम्बासीलाई पुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको हो ।

कानुन संशोधनको तयारीमा रहेको र संशोधन भएपछी जिल्लाका अधिकांश भूमिहीनले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने बताईएको छ । कानुनीरुपमा समस्या देखिएकाबाहेक अन्य सबै ठाउँमा कामलाई तीव्र गतिमा अघि बढाइएको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना बताएका छन् ।

उनकाअनुसार अहिले हामीले पाँच सय परिवारलाई पुसको दोस्रो सातासम्ममा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने गरी काम भईरहेको छ भने अहिले पुर्जा बनाउने र सूचना प्रकाशनको काम भइरहेको छ भने जग्गा नाप्ने र स्थलगत अनुगमनको काम सकिएको छ ।

आयोगमा जिल्लाका १० हजार बढी सुकुम्बासीले आवेदन दिएका मध्ये भरतपुर महानगरपालिकाको वडा नम्बर २ र २९ र इच्छाकामनाका १ सय ५४ परिवारलाई यसअघि नै पुर्जा वितरण गरिसकेको छ ।