Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

विमानस्थलबाट १४ किलो सुनसहित घले पक्राउ

२२ शुक्रबार , मंसिर २०८०८ महिना अगाडि

विमानस्थलबाट १४ किलो सुनसहित घले पक्राउ

करिब १४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चन्द्र घले  पक्राउ परेका छन् । फ्लाइ दुबईको उडानबाट बिहीबार राति काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका गोरखा बारपाकका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ किलो दरका ७ वटा विस्कुट करिब १४ किलो सुन बरामद भएको हो । घलेले सुनका विस्कुट शरीरमा राखेर ल्याएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताएका छन् ।

फ्लाई दुबईको उडान मार्फत चन्द्र घलेले ल्याएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि निज मीनबहादुर घलेलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको बताईएको छ ।