Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

छोरी जन्मिए बैंक खातामा ५ हजार

२२ शुक्रबार , मंसिर २०८०८ महिना अगाडि

छोरी जन्मिए बैंक खातामा ५ हजार

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकाले पालिका भित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने भएको छ । पालिकाले ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी उक्त कार्यक्रम ल्याएको हो ।

गल्याङ नगरपालिकाभित्रका ११ वडामा चालु आर्थिक वर्षमा जन्मिएका छोरीहरूको नाममा गल्याङस्थित गरिमा विकास बैंकमा खाता खोलिदिने र सो खातामा नगद ५ हजार नगरपालिकाले जम्मा गरिदिने बताईएको छ ।

छोरीहरूको प्रोत्साहनका लागि नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेका र चालु आर्थिक वर्षबाट शुरु भएको यो कार्यक्रमलाई अब निरन्तरता दिँदै जाने नगरपालिकाको उपप्रमुख हेमा न्यौपानेले जानकारी दिएकी छन्  ।

नगरापलिकाले छोरी जन्मिनासाथ जनप्रतिनिधि, नगर तथा बैंकका कर्मचारी घरमै पुगेर प्रक्रिया पूरा गरी छोरीको नाममा बैंक खाता खोलिदिने र उक्त रकम १८ वर्ष उमेर नपुग्दासम्म झिक्न नपाईने पनि उपप्रमुख न्यौपानेले बताईन ।

२०८० मंसिर २१ गते बिहीबार गल्याङ नगरपालिका-३ स्थित एक दलित समुदायकी सुत्केरी आमाले छैटौँ छोरीका रूपमा जन्मिएकी नवजात शिशुको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरिएको हो ।