Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

मंसिर २९ र ३० गते सेलो संगीत महोत्सव हुने

२२ शुक्रबार , मंसिर २०८०८ महिना अगाडि

मंसिर २९ र ३० गते सेलो संगीत महोत्सव हुने

नेपाल तामाङ कलाकार संघले यहि मंसिर २९ र ३० गते सेलो संगीत महोत्सवको आयोजना गर्ने तयारि गरेको छ । काठमाडौँको बौद्ध चुचेपाटी स्थित हायत होटलको प्रांगणमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो ।

कलाकार संघले तामाङ मौलिक गीत, संगीत, सभ्यता र संस्कृतिको उत्थान तथा प्रबर्द्धन गर्ने मुख्य उदेश्य राखेर तेस्रो पटक महोत्सवको आयोजना गर्न लागेको संघका अध्यक्ष विशाल काल्तानले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

उनले डम्फू संस्कृतिले तामाङहरुको उत्पत्ति र सभ्यताको विषयमा उजागर गरेकाले तिनै डम्फूको जगमा सिर्जित सेलो संस्कृति र ताम्बा संस्कृतिको संरक्षण गर्न महोत्सवले टेवा पुर्याउने बताएका छन् ।

अध्यक्ष काल्तानले महोत्सवले हराउँदै गएको तामाङ पहिचानलाई जोगाउन साँस्कृतिक चिनारी डम्फू र ताम्बा संस्कृतिलाई राष्ट्रियकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बिस्वास ब्यक्त गरेका छन् । साथै उनले महोत्सवको तयारि अन्तिम चरणमा पुगेको जानकारी दिदै कार्यक्रममा सहभागी जनाउन अनुरोध गरेका छन् ।

बौद्ध स्थित तामाङ संघसंस्थाहरुसंगको सहकार्यमा आयोजित महोत्सवमा साँस्कृतिक प्रस्तुतिहरुको साथमा विभिन्न कला, संस्कृति, भेषभुषा र तामाङ पहिचान दिने विभिन्न खानाका परिकारहरुको स्टल राखिने बताईएको छ । 

कार्यक्रमको उद्घाटन साँस्कृतिक र्‍याली सहित बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङले गर्ने कार्यक्रम रहेको संघका महासचिव खेम मोक्तानले जानकारी दिएका छन् ।