Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

काठमाडौंमा यसवर्षकै कम तापक्रम

२४ आइतबार , मंसिर २०८०८ महिना अगाडि

काठमाडौंमा यसवर्षकै कम तापक्रम

काठमाडौं उपत्यकामा अहिलेसम्मकै कम तापक्रम ६.२ डिग्री मापन गरिएको छ । बिहान ५:४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस मापन गरिएको हो ।

काठमाडौं उपत्यकामा आजको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस भएसंगै यस वर्षकै सबैभन्दा कम तापक्रम र चिसो भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।

महाशाखाका अनुसार पूर्वी तराईका जिल्लाहरुमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । बिहानको हुस्सु बिस्तारै हट्दै जाने र दिउँसो घाम लाग्ने छ । 

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भएता पनि नयाँ प्रणाली आउने र देशभर प्रभाव पर्ने तत्काल कुनै सम्भावना नरहेको वरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिएकी छन् ।