
बलात्कारको आरोपमा मुछिएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुने भएको छ । लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइका लागि आजलाई पेसी तोकिएको हो ।
जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको फैसलाको सुनुवाइको लागो आज पेसी तोकिएको बताईएको छ । सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फैसला गर्न आदेश दिएको थियो ।
यसअघि २०८० कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले यहि मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए । सोहि अनुसार दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेको र आज सुनुवाईका लागि पेसी तोकिएको हो ।