Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

२४ आइतबार , मंसिर २०८०८ महिना अगाडि

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

बिबिध कार्यक्रमको आयोजना गरि आज ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईदैछ । विश्वभर मनाइने यो दिवस नेपालमा ‘भविश्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔं’ भन्ने नाराका साथ् मनाईने भएको हो ।  

आज ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअिधकार आयोग, सरकारी र अन्य गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । आयोगले हरिहरभवनस्थित प्रांगणमा बिहान विषेश कार्यक्रम आयोजना गरेको छ ।

संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरेको दिनको अवसरमा सन् १९५० देखि यो दिवस मनाउन शुरु गरिएको हो । दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरुले शुभकामना सन्देश जारी समेत गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौंडेलले शुभकामना सन्देश जारी गर्दै मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन  भएमात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउदै कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुन नहुनेमा जोड दिएका छन् ।

दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहने बताउदै शुभकामना सन्देश ब्यक्त गरेका छन् ।