
काठमाडौं- तुम्लिङटारका लागि बुद्ध एयरले उडान सुरू गरेको छ । बुद्ध एयरले काठमाडौं-तुम्लिङटारका लागि व्यवसायिक रुपमा पहिलो उडान सुरु गरेको हो ।
बुद्ध एयरको १७ औं जहाज (एन-एओसी) बाट व्यवसायिक रुपमा पहिलो उडान काठमाडौं-तुम्लिङटारका लागि सुरू गरेको बताईएको छ । जहाज ल्याएर रंगरोगन तथा आवश्यक सबै प्रक्रियापछि व्यवसायिक उडान सुरू गरेको एयरलाइन्सले जनाएको छ ।
जहाज रंगरोगन तथा आवश्यक प्रक्रियापछि आइतबारदेखि व्यवसायीक उडान थालेको बुद्ध एयरले पहिलो उडान काठमाडौंबाट तुम्लिङटार गरेको थियो । जसमा ५९ यात्रु सवार थिए । बुद्ध एयरले हाल ३ वटा एटीआर-४२ तथा १४ वटा एटिआर-७२ जहाज मार्फत उडान गर्दै आएको छ ।