Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

टेलिफोन प्रयोगकर्तालाई एक महिना निःशुल्क इन्टरनेट

२५ सोमबार , मंसिर २०८०८ महिना अगाडि

टेलिफोन प्रयोगकर्तालाई एक महिना निःशुल्क इन्टरनेट

एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका प्रयोगकर्तालाई नेपाल टेलिकमले एक महिना निःशुल्क इन्टरनेट सेवा दिने भएको छ । टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका प्रयोगकर्तालाई प्रोमोसनल अफरका रूपमा एक महिना निःशुल्क ५० एमबीपीएस स्पिडको इन्टरनेट सेवा दिने भएको हो ।

टेलिकमले मंसिर २५ गतेदेखि लागू हुनेगरी अफरका रूपमा एक महिना निःशुल्क ५० एमबीपीएस स्पिडको इन्टरनेट उपलब्ध गराउने बताएको छ । उक्त प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात १ डायल गरी अनुरोध गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् । उक्त सेवा नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि लिन सकिने बताईएको छ ।

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र पाउने छन् । एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्न चाहने प्रयोगकर्ताले पुनः १९८ मा फोन गरेर वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सःशुल्क रुपमा सेवा प्रयोग गर्न सक्ने टेलिकमले बताएको छ ।