Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

नेकपाद्वारा अमेरिकाको बिरोध

२५ सोमबार , मंसिर २०८०८ महिना अगाडि

नेकपाद्वारा अमेरिकाको बिरोध

२०८० मंसिर २५

अमेरिकी साम्राज्यबादको आडधाप, उक्साहट र समर्थनमा इजरायले हमासलाई सखाप पार्ने नाममा गाजामा बस्ने सम्पूर्ण पेलेस्टिनी निहत्था र निर्दोष जनता खाशगरी बालबालिका, महिला, बिमारी र अशक्त जनता तथा सञ्चारकर्र्मी, संयुक्त राष्ट्रका कर्मचारी माथि गरिएको निरन्तरको बम बर्षा, हत्या र अभूतपूर्ब क्रूर नरसंहारले बिश्व जन समुदाय अत्यन्तै उद्वेलित भएको छ त्यसको घोर बिरोध, निन्दा र भत्र्सना गरिरहेको छ । त्यसप्रति नेपाल कम्युनिष्ट पार्टी सर्बात्मना ऐक्यबद्धता जनाइसकेको छ  । निर्दोष र निहत्था पेलेस्टिनी जनताको   त्यो निर्मम  आम नरसंहार  रोक्न र स्थायी युद्ध बिराम गर्न तथा दीगो समाधानको बाटो पहिल्याउन संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ८ डिसेम्बरका दिन राखेको युद्ध बिरामको प्रस्ताव(एससी–१५५१९) अमेरिकाले भिटो(निषेधाधिकार) प्रयोग गरेर असफल तुल्याउनाले अमेरिकाले  संयुक्त राष्ट्र संघको बडापत्र, अन्तराष्ट्रिय कानुन र अन्तराष्ट्रिय मानबाधिकारका प्राबधानहरुको घोर उल्लंघन गरेको र धज्जी उडाएको मात्र छैन नरसंहारकारी इजरायली नश्ल–हत्यालाई थप बल प्रदान गरेको छ ।

यसरी युद्ध बिरामको  प्रस्ताव अमेरिकाले असफल मात्र पारेको छैन इजरायली नरसंकारी युद्धलाई जारी राख्न र अझ बढी रक्तपात मच्चाउन अमेरिकी काँग्रेसलाई समेत छलेर  इजरायललाई थप १३ हजार ट्यांक गोला बारुद चाँडोभन्दा चाँडो ढुवानी गरेर इजरायल पुर्याउन तदारुखताकासाथ लागेको छ र युद्धबाट नाफा कमाउन उद्यत छ । बिश्वभरका न्यायप्रेमी जनता र राष्ट्र समुदायले अमेरिकाको भिटो लगाएर युद्ध जारी राख्ने, बिनाशकारी हतियार पठाउने तथा निर्दोष र निहत्था  प्यालेस्टिनी जनताको  थप हत्या गर्ने अनि मानबीय संकटलाई अझ बढाउने अत्यन्तै अमानबीय र  निन्दनीय दुष्कार्यकोे   घोर बिरोध, निन्दा र भत्र्सना गरिरहेका छन् र तुरुन्त युद्ध रोक्न जोडदार माग गरिरहेका छन्  ।  नेपाल कम्युनिष्ट पार्टी बिश्व जन समुदाय तथा राष्ट्र समुदायको पेलेस्टिनी जनताप्रतिकिो यो साथ, समर्थन र मानबीय सहानुभूतिको उच्च सराहना गर्दै त्यसप्रति दृढ ऐक्यबद्धता जनाउदछ र जनताको बाच्न पाउने आधारभूत अधिकार र  राष्ट्रको अक्षुण्ण सार्वभौमिक अधिकार खोस्न र मेटाउन खोज्ने  अमेरिकी साम्राज्यबाद र नश्लबादी इजरायली यहुदी सत्ताको पुनःब घोर बिरोध गर्दछ ।

 

लोकनारायण सुबेदी

अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी