Advertisement Banner
Advertisement Banner

२३ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

दश जना जिल्ला न्यायाधीशमा सिफारिस

२३ शुक्रबार , चैत्र २०८०२ बर्ष अगाडि

दश जना जिल्ला न्यायाधीशमा सिफारिस

न्याय सेवाअन्तर्गतका १० जना कर्मचारीलाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बिहीवार बसेको बैठकले न्याय सेवाका १० जना कर्मचारीलाई नियुक्ति सिफारिस गरेको हो ।

न्याय परिषद्ले जिल्ला न्यायाधीशको सिफारिस गरेकाहरूमा दोलखाको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला, सर्वोच्च अदालतका इजलास अधिकृत नरेन्द्रप्रसाद बूढा, उपरजिष्ट्रार महेन्द्रबहादुर कार्की, उच्च अदालत विराटनगरको इलाम इजलासका रजिष्ट्रार जीवनकुमार भण्डारी रहेका छन् ।

त्यसैगरी उच्च अदालत पोखराको बागलुङ इजलासका रजिष्ट्रार मुकुन्द आचार्य, महान्यायाधिवक्ताको कार्यालयकी उपमहान्यायाधिवक्ता विमला रेग्मी, बाजुरा जिल्ला अदालतका स्रेष्तेदार पुष्पराज पाण्डे सिफारिसमा परेका छन् ।

त्यस्तै पाल्पा जिल्ला अदालतका स्रेष्तेदार शिवबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कानून अधिकृत दीपक घिमिरे र सर्वोच्च अदालतकी इजलास अधिकृत फणेश्वरी घिमिरे लगायतलाई परिषद्ले सिफारिस गरेको हो ।