Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मिथिलाञ्चल क्षेत्रमा चैती छठ मनाइँदै

०२ आइतबार , बैशाख २०८१२ बर्ष अगाडि

मिथिलाञ्चल क्षेत्रमा चैती छठ मनाइँदै

जनकपुरधामलगायत मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिएर चैती छठ मनाउन लागिएको हो ।

भोलि उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न हुन्छ । जनकपुरधामको गंगासागर, अर्गजासरमा  चैती छठ धुमधामको साथ मनाउने गरिन्छ यसपटक चैती छठको लागि गंगासागर र अर्गजासर दुल्ही झै सिगारिएको छ ।

चारदिनसम्म मअत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ समेत भनिन्छ ।

पहिलो दिन सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखिनै ब्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठी माताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।

कात्तिकमा मनाइने छठ पर्व जतिको उल्लेख्य संख्यमा चैती छठपर्व मनाईदैन तर पछिल्लो अवस्थामा चैती छठ मनाउनेको संख्या बढ्दै गएको छ । चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास समेत रहेको छ ।