Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

महावीरले पुस्तक बेचेर ६ महिनामा ५ कराेड कमाए

०५ बुधबार , बैशाख २०८१२ बर्ष अगाडि

महावीरले पुस्तक बेचेर ६ महिनामा ५ कराेड कमाए

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ६ महिनामा पुस्तक बेचेर ५ कराेड कमाएका छन् । पुनले गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बेचेर ६ महिना ५ कराेड कमाएका हुन् ।

पुनले सामाजिक सञ्जालमा पोस्ट गर्दै पुस्तक बिक्रीबाट पाँच करोड रुपैयाँ जति कमाइ भएको जानकारी गराएका छन् । उनले पुस्तक बिक्री गरेर आएको आम्दानीले वीरगञ्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने योजना रहेकाे बताएका छन् ।

कसैले विश्वास नगर्दा पनि आफूले आफ्नो आत्मकथाको किताब बेचेर ३० वर्षसम्म बन्द भएको उक्त कवाडी कारखाना चलाउन सकिन्छ भनेर ढिपी गरिरहेको उनले १०० दिनसम्म विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका हुन् । उनकाे उक्त पुस्तकको मूल्य ७ सय ५० रुपैयाँ तोकिएको छ ।

पुनकाे गएकाे दसैँमा प्रकाशित गरिएकाे किताब हालसम्म ७५ हजारप्रति बिक्री भएकाे जनाइएकाे छ । केही महिना अघि नेपाली विद्यार्थी पढाइरहेकाे जापानकाे एउटा कन्सल्टेन्सीले महावीर पुन स्वयमलाई सम्पर्क गरेर २ सयप्रति किताब किनेकाे थियाे । 

विदेशी संस्थाहरुले पनि महावीरकाे अभियानलाई मद्दत गर्ने गरी किताब खरिद र सहयाेग गरिरहेकाे बताइएकाे छ ।