Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

हाम्रो सेलो घरको उद्घाटन सम्पन्न

१० सोमबार , बैशाख २०८१२ बर्ष अगाडि

हाम्रो सेलो घरको उद्घाटन सम्पन्न

नमोबुद्ध न्युजद्धारा सञ्चालित सांगीतिक कार्यक्रम हाम्रो सेलो घरको विधिवत रुपमा उद्घाटन सम्पन्न गरिएको छ । काठमाडौँको बौद्ध जोरपाटी स्थित हाम्रो सेलो घरको सभाहलमा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।

"नेपालीको शान, सेलो हाम्रो पहिचान, विविधतामा एकता, सेलो घरको विशेषता" भन्ने मूल नाराका साथ भव्य रूपमा सम्पन्न भएकाे उक्त कार्यक्रमकाे तामाङ गीतको पहिलो गायक तथा सेलो सम्राट चन्द्र कुमार मोक्तानले पानसमा बत्ती बालेर उदघाटन गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बल, तामाङ डजाङका अध्यक्ष फुलकुमार बम्जन, म्हेन्दोला फोले फाउण्डेसनका अध्यक्ष सुनिल लामा, प्रशिक्षक विकाश देव योञ्जन, तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष के.बी. घिसिङ, उपाध्यक्ष एवम् तामाङ चलचित्रका महानायक अमिर दोङ, तामाङ चलचित्र संघका सचिव उत्तर लामा, नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष पोङ्दिला च्याङ्बा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष पोङ्दीला च्याङ्बा र प्रमिला मोक्तानको आवाजमा रहेको  दोहोरीकाे पहिलाे भागमा घरको कमजोर आर्थिक अवस्थालाई थेग्न नसकेर घर परिवार छोडेर बिदेश जान लागेको दाजु र बहिनी बिचकाे घर परिवार भित्रको कथा व्यथालाई गीत मार्फत चित्रन गरिएकाे छ ।

नमोबुद्ध न्युज तथा सेलो घरका संचालक छेडुप तामाङले कार्यक्रममा उपस्थित सबैलाइ धन्यवाद सहित समाज भित्रका कला, साँस्कृतिकाे पहिचान र प्रवर्दन गर्न सबै एकजुट भएर लाग्नु पर्ने धारणा राखेका थिए ।