Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

हिजो बौद्धमा तेमाल जात्रा आज स्वयम्भूको महाचैत्यमा पूजा

११ मंगलबार , बैशाख २०८१२ बर्ष अगाडि

हिजो बौद्धमा तेमाल जात्रा आज स्वयम्भूको महाचैत्यमा पूजा

हिजो चैत पूर्णिमाको अघिल्लो दिन बौद्धमा तेमाल जात्रा मनाएका तामाङ समुदायले आज परम्परागत रूपमा चैत पूर्णिमाको दिन स्वयम्भूको महाचैत्यमा पूजा आज गरेका छन् । आज बालाजु बाइसधाराको जल स्वयम्भूमा चढाउँदा पूण्य प्राप्त प्राप्त हुने विश्वासका साथ् बाइसधाराको जल स्वयम्भूमा चढाएर पूजा आज गरेका हुन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन झैँ आज पनि बिहानैदेखि बालाजुस्थित बाइसधारामा मेला शुरु भएसंगै भक्तजनको भिड लागेको छ । आजदेखि बालाजु बाइसधारामा पाँच दिने ल्हुति पुन्हि मेला लाग्ने र बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको कारण पनि भक्तजनको घुईंचो लागेको हो ।

तामाङ समुदायले दिवंगत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने परम्परा रहेको छ । प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायले मनाउने गरेकाले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीले यो पर्व मनाउँदै आएको पाईन्छ ।  

हिजो बौद्धमा मनाईएको तेमाल जात्राका क्रममा पितृमोक्षका लागि आज बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने चलन रहेको छ ।