Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मुक्तिनाथ दर्शनमा गएका २९ जनाको लेक लागेर मृत्यु

११ मंगलबार , बैशाख २०८१२ बर्ष अगाडि

मुक्तिनाथ दर्शनमा गएका २९ जनाको लेक लागेर मृत्यु

हिमाल पारीको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि गएका २९ जना आन्तरिक तथा बाह्य पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ जना, २०७९/८० मा १२ जना र चालु आर्थिक वर्षमा ११ जना गरि २९ जनाले ज्यान गुमाएका हुन् ।

यसरि ज्यान गुमाउनेमा सबैभन्दा धेरै भारतीय नागरीक २० जना रहेका छन् । त्यस्तै ७ जना नेपाली १ जना युक्रेन र १ जना थाइल्याण्डका नागरिकको लेक लागेर ज्यान गुमाएका हुन् । चालु आर्थिक वर्षको फागुनमा २ जना र चैत महिनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिएका छन् ।

लेक लागेर ज्यान गुमाउनेमा अधिकांश ज्येष्ठ नगारिक रहेका छन् । पछिल्लो ३ वर्षको अवधिमा २१ जना ६० वर्षभन्दा बढी उमेरका नागरिकहरुको लेक लागेर ज्यान गएको छ । त्यस्तै ३ जना ४०–५० वर्ष उमेरका, ४ जना ५०–६० वर्ष उमेरका र २ जना ३०–४० वर्ष उमेर समूहका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ ।

समुद्री सतहदेखि ३ हजार मिटरभन्दा माथिको उचाइमा पुग्दा ज्येष्ठ नगारिकलाई समस्या हुने र त्यसले मृत्युसम्म हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउछन  । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ट्राभल एजेन्सीहरु सँग पनि समन्वय र सहकार्य गरेर पर्यटकलाई मौसमसँग घुलमिल हुने वातावरण बनाउन आग्रह गरेका छन्  ।