Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

स्रोत नखुलेको ४० लाखको सामानसहित एक भारतीय पक्राउ

१८ मंगलबार , बैशाख २०८१२ बर्ष अगाडि

स्रोत नखुलेको ४० लाखको सामानसहित एक भारतीय पक्राउ

धनगढीमा स्रोत नखुलेको ४० लाख भन्दा बढीको सामानसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ धनगढी उपमहानगरपालिका–४ स्थित हरि ओम हार्डवयर एन्ड सप्लायर्सको गोदाममा छापा मारी उक्त समान बरामद गरेको हो ।

भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीया आशिष गुप्तालाई स्रोत नखुलेको सामानसहित पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिएका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समुहको टोलीले भारतिय नम्बर युपी ३१ टी ७७११ नम्बरको ट्रकमा भन्सार छली गरेर ल्याएको हार्डवेयरका सामान र ट्रकसहित गुप्तालाई पक्राउ गरिएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रबहादुर चन्द नेतृत्वमा खटिएको टोलीले गोदाममा छापा मारेको र प्रहरीले गोदामबाट बरामद गरिएका हार्डवयर र ट्रकको समेत मूल्यांकन गर्दा ४० लाख ४ हजार रुपैयाँ भएको र अहिले ट्रक, सामान र गुप्तालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाएको छ ।