Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

गर्मीका कारण दुई दिन विद्यालय बन्द

२० बिहिबार , बैशाख २०८१२ बर्ष अगाडि

गर्मीका कारण दुई दिन विद्यालय बन्द

मुलुकभर बढेको अत्यधिक गर्मीका कारण बुटवलमा विद्यालय बन्द भएका छन् । बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको हो ।

केही दिनदेखि मुलुकभर अत्यधिक गर्मी बढेको कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयलाई दुई दिन बिदा दिने निर्णय गरेको बताईएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार दुई दिन विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।

अत्यधिक गर्मीका कारण तातो हावा चलन थालेपछि विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै उपमहानगरले दुई दिन बिदा दिन निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।