Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

चार दिनदेखि बन्द पोखरा विमानस्थल खुल्यो

२० बिहिबार , बैशाख २०८१२ बर्ष अगाडि

चार दिनदेखि बन्द पोखरा विमानस्थल खुल्यो

वातावरण प्रदुषणसंगै लागेको बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा विमानस्थल बिहीबार बिहानदेखि खुलेको छ । चार दिनदेखि बन्द रहेको विमानस्थल खुलेसंगै रोकिएका उडान बिहानदेखि नियमित रुपमा संचालन भएका छन् ।

बाक्लो तुवालो लागेसँगै पोखरा विमानस्थलमा चार दिनदेखि उडान हुन् सकेको थिएन । आज बिहान भिजिबिलिटी पुगेकाले उडान शुरु भएको बताईएको छ । चार दिनमा दुई दिन कुनै पनि उडान नभएको र दुई दिन आंशिक मात्रै उडान भएको थियो । 
    
अहिले मौसममा केहि सुधार आएसँगै बिहानैदेखि उडान नियमित भएको छ । यसअघि पोखरा आसपासका क्षेत्रमा डढेलो लागेर धुवा र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको थियो । चार दिनपछी आजदेखि नियमित उडान शुरु भएको छ ।