Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

वैदेशिक रोजगारसम्बन्धी सही सूचनालाई व्यापक बनाउन जोड

०६ आइतबार , जेठ २०८१२ बर्ष अगाडि

वैदेशिक रोजगारसम्बन्धी सही सूचनालाई व्यापक बनाउन जोड

वैदेशिक रोजगारीमा ठगिनबाट जोगाउन श्रम तथा वैदेशिक रोजगारसम्बन्धी सही सूचनालाई व्यापक बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जोड दिएका छन् । बाँकेको कोहलपुरमा रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अर्यालले उक्त कुरामा जोड दिएका हुन् ।

मन्त्री अर्यालले गाउँ-गाउँमा सही सूचना दिएर ठगिनबाट जोगाउन र स्वरोजगार हुन आवश्यक सहयोग गर्न सम्वन्धित पक्षलाई आग्रह गरेका छन् । उनले कार्यक्रमको ढाँचा परिवर्तन गरी सम्वन्धित पक्षलाई जिम्मेवार बनाएर इमानदारीका साथ काम गर्न आग्रह गरेका हुन् ।

लुम्बिनी प्रदेशले श्रम मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकका लागि एक प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्राविधिक सहयोगमा मन्त्रालयले प्रशिक्षण कार्यक्रम शुरु गरेको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका २०४ जना रोजगार संयोजकको सहभागी रहेको र प्रशिक्षण कार्यक्रम २०८१ जेठ ७ गतेसम्म सञ्चालन हुने बताईएको छ ।