Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटना

०७ सोमबार , जेठ २०८१२ बर्ष अगाडि

इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटना

इरानी राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको छ । अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किएको राष्ट्रपति रैसी सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो ।

उक्त हेलिकप्टरमा राष्ट्रपति इब्राहिम रैसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार थिए । उक्त हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘हेलिकोप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत छैन ।’ तर, इरान सरकारबाट आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।

इरानी अधिकारीहरुले राष्ट्रपति सवार हेलिकप्टर पूर्णरुपमा जलेको र हेलिकप्टरमा सवार व्यक्तिहरु बाँच्ने सम्भावना कम रहेको आशंका गरेका छन् । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको हुन सक्ने बताउदै इरानको सरकारी सञ्चारमाध्यमहरुले हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरेको र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरेको बताईएको छ ।