Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

कलंकीमा आमरण अनसनकारी

०९ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

कलंकीमा आमरण अनसनकारी

काठमाडौ जेठ ७ गते । राष्ट्रिय संयुक्त संघर्ष समितिले कलंकी चोकमा आमरण अनशनकारीको माग पुरा गर, स्वदेशमै काम गरेर खान दे, सम्पुर्ण उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे, युवा बेच्न बन्द गर, महंगी र भ्रष्टाचारको अन्त्य गर, यातायात क्षेत्रमाथिको ज्यादती बन्द गर, बैंकिङ अत्याचार अन्त्य गर, वित्तीय पीडितलाई न्याय दे, वैदिक सनातन धार्मिक राष्ट्र कायम गर, प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुख कायम गर ,जनता लाई धोका दिने गद्दारहरूलाई दण्डित गर, देशलाई आर्थिक सङ्कटबाट मुक्त गर भन्दै आक्रोसित जनप्रदर्शन गरेको छ ।
बैशाख २४ गते देखी सुरु भएको सत्यग्रहले स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे’ भन्ने मूल नारा बनाई विभिन्न १८ बुँदे माग राखी अनशन सुरु गरेको थियो । सत्याग्रह सुरु गरेको आज १५ औ दिन बितिसक्दा पनि राज्यको निकायले सामान्य खोजी सम्म नगरेको हुदा जनदबाब तथा खबरदारी कार्यक्रम गर्नुपरेको गोविन्द बिष्टले बताएका छन् । 
सम्पुर्ण नागरिकको समस्यालाई समेटेर अनशन बसेका छौं । आज काम गरेर खान्छु भन्दा काम गरेर खान सक्ने अवस्था छैन । हामीले मन्त्री प्रधानमन्त्री हुन पाउ भनेर मागेका होइनौं हामीलाई स्वदेशमै काम गरेर खाने रोजगार मागेका हौं, पढ्नको लागी शिक्षा र बिरामी पर्दा स्वास्थ उपचार निशुल्क मागेका छौ । अन्याय परेका नागरिक लाई न्याय माग्नका लागी अनशन बसेका  हौं । हाम्रो मौलिकता हरायो  हाम्रो संस्कृति हरायो, हाम्रो पहिचान हरायो, सदीयौंदेखि मानी आएको हाम्रो सनातन धर्म संस्कृति कम्जोर भएको वक्ताहरुले बताए । चन्द्रबहादुर थापा, बिन्दु थापा केसी, द्रोण सुवेदी, सुवास श्रेष्ठ, हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोख्रेल, शेरबहादुर साउद र पार्वती पुलामी सत्याग्रहमा रहेका छन् । खबरदारी ¥यालीमा विभिन्न पार्टी, संघसंस्थाहरु तथा सर्वसाधारण नागरिक सहभागी भएको बिष्टले जानकारी दिनु भयो ।