Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मधेस प्रदेशमा साँढे २ लाख बढीले गरे स्वास्थ्य बीमा

०९ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

मधेस प्रदेशमा साँढे २ लाख बढीले गरे स्वास्थ्य बीमा

मधेस प्रदेशमा पछिल्लो समय स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ । सोहिअनुसार पछिल्लो समय मधेस प्रदेशमा २ लाख ५१ हजार १ सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन् ।

हाल मधेस प्रदेशमा सरकारी अस्पतालमा उपचार गराउँदा १० प्रतिशत तथा निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत खर्च बिरामीले ब्यहोर्नुपर्ने तथा बाँकी रकम बीमा बोर्डले ब्यर्होने व्यवस्था लागु भएपछि स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढेको मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक मनोज पौडेलका अनुसार स्वास्थ्य बीमा गराउने सबैभन्दा बढी सिरहा जिल्लामा १ लाख २२ हजार २ सय ७१, सर्लाही जिल्लामा ४० हजार ६ सय ६८, सप्तरी जिल्लामा ९४ हजार २०, धनुषा जिल्लामा ५४ हजार ९ सय ६७, महोतरी जिल्लामा ४९ हजार २ सय ५७ , रौतहट जिल्लामा  ८३ हजार ६ सय २२, बारा जिल्लामा ६८ हजार २ सय ३८ र पर्सा जिल्लामा ९१ हजार ६ सय २४ परिवारले स्वास्थ्य बीमा गरेका छन् ।

मधेस प्रदेशमा स्वास्थ्य बीमामा सहभागी हुन पाँचजनाको परिवारले वार्षिक ३ हजार ५ सय प्रिमियम रकम तिर्नुपर्छ भने पाँचजना भन्दा बढी सदस्य भए प्रतिसदस्य ७ सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने बताईएको छ ।

यसरि बीमा गरेका बीमित परिवारमा सदस्य बिरामी हुँदा एक लाख बराबरको उपचार शुल्क स्वास्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्दै आएको र कतिपय अस्पतालमा सरकारले बीमाबापतको रकम समयमा उपलब्ध नगराउँदा बीमा कार्यक्रम रोकिएको अस्पतालले जनाएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत मधेस प्रदेशमा स्वास्थ्य बीमा शुरु गरिएको हो ।