Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक महासेठ सबैभन्दा धनि

०९ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक महासेठ सबैभन्दा धनि

प्रधानमन्त्री सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैभन्दा धनि देखिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित २३ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक महासेठ सबैभन्दा धनि देखिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार २३ मन्त्रीमध्ये सबैभन्दा धनी मन्त्री रघुवीर महासेठ सबैभन्दा गरिब उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठले देखिएको बताईएको छ । उपप्रधानमन्त्री महासेठ नेकपा एमालेका सचिव समेत हुन् ।

मन्त्री महासेठको नाममा जनकपुरमा १ विगाह १५ कट्ठा जग्गा र बैंकमा २ करोड २५ लाख रुपैया पैसा रहेको उल्लेख गरिएको छ । उनले उक्त सम्पति पैतृक सम्पत्ति बेचेर आर्जन गरेको विवरणमा उल्लेख गरेका छन् । त्यस्तै मन्त्री महासेठसँग ४३ तोला सुन र १.५ केजी चाँदी रहेको खुलाईएको छ ।

यता मन्त्री महासेठको श्रीमती जुलिकुमारी महतोको नाममा फाइनान्स, लघुवित्त, बैंक गरी २ करोड ५० लाख नगद र ५ लाख सेयर रहेको उल्लेख छ । महतोको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कट्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम, धनुषामा ७ विगाह ३ कट्ठा, सिन्धुलीमा ४ कट्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषमा ३ कट्ठा ११ धुर रहेको विवरणमा उल्लेख छ । साथै,विभिन्न कम्पनीको ३ करोड ५५ लाखको सेयर रहको छ ।