Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

उपत्यकामा ५ दिनसम्म बिजुली सेवा अवरुद्ध हुने

१३ आइतबार , जेठ २०८१२ बर्ष अगाडि

उपत्यकामा ५ दिनसम्म बिजुली सेवा अवरुद्ध हुने

काठमाडौँ उपत्यकाको केही स्थानमा ५ दिनसम्म बिजुली सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाको विभिन्न वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकोले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

प्राधिकरणका अनुसार आजदेखि शुक्रबारसम्म उपत्यकाको साँखु, छाउनी अस्पताल, सुविधानगर, सोल्टीमोड कलंकी, मैत्रीनगर, टैंगलाफाँट, मुलपानी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।