Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

आज राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

१६ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

आज राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

आज ‘हाम्रो अभियान आत्मनिर्भर छोरीको सम्मान’ भन्ने मूल नारा सहित छैटौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ । आज बिबिध कार्यक्रमको आयोजना गर्दै दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले स्टाफ कलेज जावालाखेल ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाउने तयारि गरेको बताईएको छ । उक्त कार्यक्रममा राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारबाट पाँच महिला उद्यमीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिएकी छन्

यसअघि २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको सम्झनामा राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिएको हो ।