Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

अत्यधिक गर्मी बढेसंगै सतर्कता अपनाउन आग्रह

१६ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

अत्यधिक गर्मी बढेसंगै सतर्कता अपनाउन आग्रह

केहीदिनदेखि बढेको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेर जनजीवन प्रभावित भएसँगै सतर्कता अपनाउन आग्रह गरिएको हो ।

आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढ्ने हुँदा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाउदै सतर्कता अपनाउन आग्रह गरेको हो ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको बताएको छ । गर्मि बढेपछी तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले उक्त समस्याबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

गर्मि र तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) आदि प्रशस्त मात्रामा पिउन समेत महाशाखाले आग्रह गरेको छ ।