Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

आज विश्व वातावरण दिवस मनाइँदै

२३ बुधबार , जेठ २०८१२ बर्ष अगाडि

आज विश्व वातावरण दिवस मनाइँदै

आज विश्वभर ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ । विश्वभर मनाईने यो दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराले पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिन खोजेको हो । विश्व वातावरण दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका मानिस द्वारा सिर्जित विविध समस्याले पारेको असर न्यूनीकरण गर्दै वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।  

उनले दिवसको अवसरमा भनेका छन्, ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।’

दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फडानीलाई रोक्ने आ–आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिँदै उनले विकासोन्मुख देशलाई ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै विश्‍वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि हाम्रो भूमिका नगण्य भए तापनि नेपालले क्लाइमेट चेन्जको असर भोग्दै आएको छ ।

संघ,प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालगायत सबै सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सकिने भएकाले दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरुरी रहेको बताईएको छ।