Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

मनसुनकाे प्रभाव सुरू,एक-दुई स्थानमा हल्का वर्षा

२९ मंगलबार , जेठ २०८१२ महिना अगाडि

मनसुनकाे प्रभाव सुरू,एक-दुई स्थानमा हल्का वर्षा

अहिले नेपालमा स्थानीय वायु,पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको साथै मनसुनकाे आंशिक  प्रभाव रहेको छ । मनसुनकाे प्रभावसँगै कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेकाे छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली हुने र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यसैगरि आज दिँउसाे कोशी प्रदेश लगायत  बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएकाे छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया माैसम बदली रहने छ भने बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

कोशी प्रदेश,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।