Advertisement Banner
Advertisement Banner

१८ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

सैन्यको वैकल्पिक सूचीमा परेकालाई नगर प्रहरीमा नियुक्त गर्दै महानगर

२९ मंगलबार , जेठ २०८१एक बर्ष अगाडि

सैन्यको वैकल्पिक सूचीमा परेकालाई नगर प्रहरीमा नियुक्त गर्दै महानगर

काठमाडौं महानगरपालिकाले नेपाली सेनाको वैकल्पिक सूचीमा परेका उम्मेदवारलाई नगर प्रहरी जवानमा नियुक्त गर्ने भएको छ ।

महानगरले आज सार्वजनिक सूचना निकाल्दै सैन्य पदको विज्ञापन नम्बर ०८०/८१/०२ मा वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारलाई करारमा नगर प्रहरी जवानमा नियुक्त गर्न लागेको जानकारी दिएको हो ।

महानगरले १ सय ३७ जना नगर प्रहरी जवान मागेको छ । वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरुमध्ये इच्छुकले आगामी ७ दिनभित्र महानगरको प्रशासन विभागमा दरखास्त दिन सक्ने बताइएकाे छ ।

दरखास्तका लागि वैकल्पिक दर्ता नम्बर खुलेको ढाँचा बमोजिमको निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि बुझाउनुपर्ने छ । यससम्बन्धी थप जानकारी महानगरबाट प्राप्त गर्न सकिनेछ ।