Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ शुरु

२९ मंगलबार , जेठ २०८१२ महिना अगाडि

ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ शुरु

आजदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ सुरू हुने भएकाे छ । ललितपुरहाे पाटन बहुमुखी क्याम्पसमा सुरू हुन लागेकाे उक्त मेलाकाे शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने तयारी रहेकाे छ ।

ललितपुरमा सुरू हुन लागेकाे ‘श्रमाधान रोजगार मेला’ मेलामा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहितको उपस्थित रहने बताइएकाे छ । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले गर्नेछन्।

मंगलबार र बुधबार २ दिनसम्म सञ्चालन हुने मेलामा ८० निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहने छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बागमती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारका अनुसार रोजगारीको खोजीमा रहेका युवाका लागि 'श्रमाधान रोजगार मेला' कोसेढुङ्गा साबित हुनेछ ।

उक्त मेलाले रोजगारी मात्र नभएर रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी गर्ने, सीपमा निखारता कसरी ल्याउने भन्नेबारेमा पनि जानकारी दिनेछ । २०८१ जेठ १७ गते कोशी प्रदेशमा शुरु भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशमा बुधबार सम्पन्न हुने छ भने प्रत्येक प्रदेशमा दुई/दुई दिन सञ्चालन गरिने बताइएकाे छ ।