Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

उखरमाउलो गर्मीका कारण तुलसीपुरमा विद्यार्थीहरु बेहोस

३० बुधबार , जेठ २०८१२ बर्ष अगाडि

उखरमाउलो गर्मीका कारण तुलसीपुरमा विद्यार्थीहरु बेहोस

केही समययता बढेको गर्मीसँगै दाङको तुलसीपुरस्थित विद्यालयहरुमा विद्यार्थीहरु बेहोस हुन थालेका छन् । चर्को घाम र बढ्दो गर्मीका कारण विशेष गरी छात्राहरु बेहोस हुने क्रम बढिरहेको छ ।

विद्यालयमा छात्राहरु रुने, चिच्याउने र अचानक बेहास भएर ढल्ने गरेको बताइएको छ । पछिल्लो केही सातादेखि देशभर गर्मी बढेको छ । नेपालको पूर्वी भेगमा मनसुन भित्रिएपनि मध्य र पश्चिमी भूभागमा खडेरीसँगै गर्मी अत्याधिक बढेकाे छ ।

तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । उखरमाउलो गर्मीका कारण अहिले तराई र मधेशमा जनजीवन प्रभावित बनेको छ भने गर्मीले सर्वसाधारण काम विशेषबाहेक घरबाहिर निस्कन समेत छाडेका छन् ।