Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन माग

३१ बिहिबार , जेठ २०८१२ बर्ष अगाडि

अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन माग

सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन नेकपा एमालेकी सचेतक सुनिता बरालले माग गरेकी छन् । सचेतक बरालले हिँजोको प्रतिनिधिसभाको बैठकमा बोल्दै उक्त माग गरेकी हुन् ।

सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन सरकारको ध्यानाकर्षण गराउदै ओपीडी काउन्टर बढाएर भए पनि बिरामीलाई समयमै उपचार गर्नुपर्ने ब्यवस्था मिलाउन माग गरेकी हुन् । उनले बिरामीको नाम दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न समेत आग्रह गरेकी छन् ।

त्यस्तै सचेतक बरालले स्वास्थ्य बीमा गरेका नागरिकहरूलाई अर्को दर्जाको नागरिकमा दर्ता हुनुपर्ने जस्तो गरेर व्यवहार गरिएको भन्दै सो व्यवहारको अन्त्य गर्न आग्रह गरेकी थिइन् । उनले अस्पताल जस्तो संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढंगले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।