Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना

०१ शुक्रबार , असार २०८१२ बर्ष अगाडि

मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना

केहि दिनदेखि बढेको अत्यधिक गर्मिका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । अझै केहि दिन मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

विभागका अनुसार आगामी तीन दिन जेठ ३२ देखि असार २ गतेसम्म मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको र उक्त भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो ।

त्यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेको र अझै केही गर्मि बढने सम्भावना रहेको विभागले जनाइएको छ । गर्मि बढेका कारण तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।

विभागले गर्मिबाट बच्न चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ, जुस, सर्वत,प्रशस्त मात्रामा पिउन अनुरोध गरेको छ भने स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर सल्लाह लिन आग्रह गरेको छ ।

यता पूर्वमा भने मनसुन भित्रिएको र देशभर मनसुन फैलिन अझै केहि समय लाग्ने बताईएको छ । मनसुन भित्रिएसंगै पूर्वको ताप्लेजुङ् लगायतका स्थानमा लगातार परेके वर्षाका कारण आएको बाढी पहिरोमा परि झन्डै आधा दर्जन मानिसको मृत्यु भैसकेको छ ।