Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

०३ आइतबार , असार २०८१२ बर्ष अगाडि

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ । प्राधिकरणले आज सूचना प्रकाशित गर्दै तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरण नगरेका सात इन्टरनेट (इमेलसहित) सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका–१२, स्थित वशिष्ठ केबल नेट प्रालि, विराटनगर महानगरपालिका–४, मा रहेको इन्फो नेट टेक्नोलोजी प्रालि, जुलाको चन्दननाथ नगरपालिका–६, स्थित सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालिको अनुमतिपत्र स्वतः रद्द भएको छ ।

त्यस्तै, झापाको दमक नगरपालिका–४, मा रहेको एसिया नेट कम्युनिकेशन प्रालि, गुल्मीको रेसुंगास्थित फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको मिथिला बिहारी नगरपालिका–३, मा रहेको यस नेट नेपाल प्रालि र काठमाडौंस्थित मिथिला डिजिटल नेपाल प्रालिको पनि लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ, ‘यी सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेकाले निज सेवा प्रदायकहरुको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० बमोजिम स्वतः रद्द भएको जानकारी गराइन्छ ।’

साथै, यी सेवा प्रदायकहरुले नियमानुसार तिर्न, बुझाउन पर्ने रकमका सम्बन्धमा आगामी तीन दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न समेत भनिएको छ ।