Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

कवाड व्यवसायीको विवरण माग

०७ बिहिबार , असार २०८१२ बर्ष अगाडि

कवाड व्यवसायीको विवरण माग

काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीको विवरण मागेको छ । महानगरपालिकाले मातहतका सबै वडा कार्यालयलाई परिपत्र गर्दै आआफ्नो वडामा हाल सञ्चालनमा रहेका कवाड व्यवसायीको विवरण उपलब्ध गराउन भनेको हो ।

परिपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका राजस्व परामर्श समितिको मिति २०८१/०२/३१ गतेको बैठकले महहानगरपालिकाका सबै वडा कार्यालयहरुसँग कवाडी संकलन व्यवसायको विवरण माग गर्ने गरी निर्णय गरेको हुँदा आआफ्नो वडा कार्यालयमा हाल सञ्चालनमा रहेका कवाडी व्यवसायीहरुको विवरण तीन दिनभित्र उपलब्ध गराईदिनुहुन निर्णयानुसार अनुरोध छ ।’