Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्छ : ओली

१० आइतबार , असार २०८१२ बर्ष अगाडि

संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्छ : ओली

संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्नेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोड दिएका छन् । आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।

एमालेका अध्यक्ष ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्ने बताए । उनले केही दिन यता सेवा सुविधाको माग सहित आन्दोलन गरिरहेका कर्मचारीको समस्या समाधानका लागि वार्ता गर्नपर्ने बताएका हुन् ।

संघीय संसद सचिवालयका कर्मचारीहरु केही दिनदेखि ११ बुँदे मागसहित आन्दोलनमा होमिएका छन् । उनीहरुले संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद भवन परिसरमै विरोध जनाएका छन् ।