Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

देशकाे धेरै स्थानमा मनसुनी प्रणालीकाे प्रभाव,सतर्क रहन आग्रह

११ सोमबार , असार २०८१२ बर्ष अगाडि

देशकाे धेरै स्थानमा मनसुनी प्रणालीकाे प्रभाव,सतर्क रहन आग्रह

अहिले देशकाे धेरैजसाे स्थानमा मनसुनी प्रणालीकाे प्रभाव परेकाे छ । कोशी, मधेस, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका अधिकांश भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव परेकाे छ ।

आज देशभर आंशिक देखि साधरणतया बदली रहने छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानह र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएकाे छ । त्यस्तै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

विभिन्न स्थानमा हुने भारी वर्षासँगै उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेकाे छ ।