Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

डेढदर्जन भन्दा बढी निर्माण कम्पनी कालोसूचीमा

१२ मंगलबार , असार २०८१२ बर्ष अगाडि

डेढदर्जन भन्दा बढी निर्माण कम्पनी कालोसूचीमा

विभिन्न जिल्लाका डेढदर्जन भन्दा बढी निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने ठेकेदारहरुमा अमर–उदय सागर जेभी, शोभा विल्डर्स एण्ड सप्लायर्स प्रालि, वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि, सुप्रभात निर्माण सेवा, समृद्धि यशहश्वी कन्स्ट्रक्सन प्रालि, देउती कन्स्ट्रक्सन प्रालि, राजधानी कन्स्ट्रक्सन छन् ।

यस्तै, न्यून कालिका निर्माण सेवा, युसक कन्स्ट्रक्सन, भुमा निर्माण सेवा, तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, आत्रेय/शिवाको/बस्नेत जेभी, तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बुढाथोकी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बिभोर निर्माण सेवा, एमडी ब्रो कन्स्ट्रक्सन प्रालि, नेपाल भूमि कन्स्ट्रक्सन कम्पनी प्रालि र मान्यता निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा परेका यी निर्माण व्यवसायीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।