Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सम्पत्ति शुद्धिकरण विभागले आंतकवादी क्रियाकलापमा वित्तिय लगानी नगर्न सचेत गरायो

१४ बिहिबार , असार २०८१२ बर्ष अगाडि

सम्पत्ति शुद्धिकरण विभागले आंतकवादी क्रियाकलापमा वित्तिय लगानी नगर्न सचेत गरायो

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आतंकवादी क्रियाकलापमा वित्तिय लगानी नगर्न सचेत गराएको छ । विभागले आज एक सूचना प्रकाशित गर्दै त्यस्ता कार्य गरेमा कानूनबमोजिम सजाय हुने बताउदै लगानी नगर्न सचेत गराएको हो ।

विभागले अपराधजन्य कार्यबाट सम्पत्ति आर्जन गरी त्यस्तो सम्पत्तिको वास्तविक प्रकृति, स्रोत, स्थान, निःसर्ग कारोबार, स्वामित्व एंव सो सम्पत्तिउपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने, रुपान्तरण वा हस्तान्तरण गर्नेजस्ता कार्य नगर्न पनि भनेको छ ।

विभागद्धारा जारी सूचनामा उल्लेख छ, ‘अपराधजन्य कार्यबाट सम्पत्ति आर्जन गरी त्यस्तो सम्पत्तिको वास्तविक प्रकृति, स्रोत, स्थान, निःसर्ग कारोबार, स्वामित्व एंव सो सम्पत्तिउपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने, रुपान्तरण वा हस्तान्तरण गर्ने, प्राप्ति, प्रयोग वा धारण गर्ने समेतका कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर र आंतककारी व्यक्ति वा संगठनको प्रयोजनका लागि कुनै पनि प्रकारले सम्पत्ति वा कोष संकलन, सहयोग वा सहजीकरण गरी गराई आतंकवादी क्रियाकलापमा वित्तिय लगानीसम्बन्धी कसुर नगर्न नगराउन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’

यस्तो कसुरमा गरिएमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० बमोजिम सजाय हुने विभागले जनाएको छ ।