Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

एसइई पूरक परीक्षा साउन २३ गतेदेखि हुने

१८ सोमबार , असार २०८१२ बर्ष अगाडि

एसइई पूरक परीक्षा साउन २३ गतेदेखि हुने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले साउन २३ गतेदेखि एसइई पूरक परीक्षा सन्चालन गर्ने भएकाे छ । बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको हाे ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बताइएकाे छ । यसअघि दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने बताएकाे थियाे ।

शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि बोर्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा. डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।

परिक्षा साउन २३ गतेबाट सुरु भई ३१ गतेसम्म सञ्चालन हुने र परीक्षाको नतिजा असोज पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । पूरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ मा अध्ययन गर्न पाउने समेत बतइएकाे छ ।

परिक्षामा असार १४ गते प्रकाशित एसइईको नतिजाअनुसार ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने छन् ।