Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

कृषि अर्थ विज्ञलाई स्पष्टीकरण सोधियो

१८ सोमबार , असार २०८१२ बर्ष अगाडि

कृषि अर्थ विज्ञलाई स्पष्टीकरण सोधियो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि अर्थ विज्ञ सन्तोष अधिकारीलाई स्पष्टीकरण सोधिएको छ । लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर आगामी पन्ध्र दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

कृषि अर्थ विज्ञ अधिकारी गत मंसिर १६ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ । निजामती सेवा ऐन, २०४९ मा बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार ९० दिनभन्दा बढी समय अनुपस्थित हुनु नहुने प्रावधान छ ।

मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ, ‘तपाईँले बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा मिति २०७९/०८/१६ गतेदेखि अनुपस्थित रहनु भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (छ) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम सजाय गर्नु नपर्ने उचित आधार र कारण निजामती सेवा नियमावली, २०५० को नियम (१) को खण्ड (क) बमोजिम १५ दिनभित्र सफाई पेश गर्न जानकारी गराइन्छ ।’