Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

मेयर चिरिबाबुलाई अख्तियारले बाेलायाे

२१ बिहिबार , असार २०८१२ बर्ष अगाडि

मेयर चिरिबाबुलाई अख्तियारले बाेलायाे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।

बाढीपहिरो पीडितका नाममा एकलौटी ढंगबाट महानगरलाई हानी हुने गरी रकम बाँडेको उजुरीपछि उनलाई सोधपुछका लागि बोलाइएको हो ।

मेयर महर्जनलाई यही असार २६ गते बुधबार बिहान १० बजे सक्कल नागरिकता र पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नं. ३ मा उपस्थित हुन भनिएको छ ।

उजुरीमा उनले २०७७ सालमा धापाखेल २४ मा बाढी पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम बाँडेको आरोप छ ।

पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई एक लाख ५० हजार र दुई लाख ५० हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको उ.द.न.सी –०३८५९७, मिति २०७८/०३/३१ को उजुरी अनुसन्धानको क्रममा तपाइँसँग केही कुरा बुझ्नुपर्ने भएकोले तशिलमा उल्लेखित मिति र समयमा सक्कल नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नं. ३ मा उपस्थित भई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।’

हिजो मात्रै महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण गरेको भन्दै अख्तियारकी आयुक्त डा.सुमित्रा अमात्याको घरको पर्खालमा डोजर चलाएको थियो ।