Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

२२ शुक्रबार , असार २०८१२ बर्ष अगाडि

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

जङ्गलबाट ल्याएको च्याउ खाँदा मकवानपुरमा एकै परिवारका ७ जना बिरामी भएका छन् । विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका ७ जना बिरामी परेका हुन् ।

बिरामी पर्नेहरुमा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान रहेका छन् ।

त्यसैगरी बिसालु च्याउ खाँदा १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएकि छन् । विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको बताईएको छ ।

बिरामीमध्ये मङ्गली र लक्ष्मीमाया दुई जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यसअघि असारको पहिलो साता जङ्गली विषालु च्याउ खाँदा जिल्लाका विभिन्न ठाउँमा गरि ३ जनाको मृत्यु भएको थियो ।