Advertisement Banner
Advertisement Banner

०४ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

मनोरञ्जन कर तिर्न एक महिने अल्टिमेटम

२६ मंगलबार , असार २०८१२ बर्ष अगाडि

मनोरञ्जन कर तिर्न एक महिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले डान्सबार, दोहोरी साँझ तथा नाइट क्लबहरुलाई मनोरञ्जन कर तिर्न निर्देशनयुक्त चेतावनी दिएको छ ।

यसअघि पनि पटकपटक कर बुझाउन लिखित तथा मौखिक जानकारी गराएपनि वेबास्ता गरेको भन्दै पुनः ३५ दिनको समयसीमा दिँदै महानगरको राजस्व विभागले विभिन्न क्षेत्रका मनोरञ्जन व्यवसायीहरुलाई कर तिर्न भनेको हो ।

विभागले झण्डै चार दर्जन नाइट क्लब, दोहोरी साँझ र डान्सबारलाई मनोरञ्जन कर तिर्न ताकेता गर्दै तोकिएको समयभित्र कर नतिरेमा महानगरको आर्थिक ऐनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार र नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । सोहीअनुरुप महानगरले कर तिर्न निर्देशन दिएको हो । तोकिएको समयावधिभित्र कर दाखिला नगरेमा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने महानगरको चेतावनी छ ।

मनोरञ्जन कर नबुझाउनेमा ठमेलको ठमेल स्टार डान्सबार, मुजुरा डान्सबार, बियर बार डान्सबार, टप राजधानी दोहोरो, डान्सिङ याकबार, कलाईमेट क्लब, पोतला क्लब, टेन  एक्स क्लबसहित नरसिंचोकस्थित टाकिला डान्सबार, क्विन महल डान्सबार, घाम छाया रोधी क्लब, डेला सोल बार, नमस्ते पप बार, साम्स बार, दुनियाँ बार, टिर्फिने बार, एचटु बार, द क्लब हाउस, ओलो क्लब, स्कुटी क्लब, बज डान्सबार, बेबो डान्सबार रहेका छन् ।

त्यस्तै, सञ्चयकोष चोकमा रहेको मिड नाईट डान्सबार, नसा डान्सबार, ओमनिया क्लब, भीआईपी क्लब, फायरचोकस्थित ड्रिङकहोस्टन डान्सबार, होनि बि डान्सबार, भगवती मार्गको रोज डान्सबार, स्काई डान्सबारले पनि कर नबुझाएको विभागको सूचनामा उल्लेख छ ।

यता, जेपी रोडस्थित रिफ्रेस डान्सबार, क्षेत्रपाटीको नटराज डान्सबार, पकनाजोलमा रहेको आरके डान्सबार, ज्याथास्थित चाहाना डान्सबार, अमृत मार्गको ड्रागन डान्सबार, चाकस्सिबारी मार्गस्थित अमिर डान्सबार, गाहिटीको एसीई क्लब, गलकोपाखास्थित गुन्यु चोली दोहोरी, अल्फबिटा बार, सात घुम्तीमा रहेको लाखे क्लब, फुलमुन क्लब र चेत भवनस्थित कराओक र सफर क्लबलाई पनि मनोरञ्जन कर बुझाउन भनिएको छ ।