Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रहरी जवानको परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

३१ आइतबार , असार २०८१२ बर्ष अगाडि

प्रहरी जवानको परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानपदको लिखित परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास रहेका छन् ।

त्यसैगरि पारस बुढाको नाममा परीक्षा दिदै गरेका रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द रहेको बताईएको छ ।

दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई बानेश्वर वृत्त र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको पनि प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन् ।