Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पेट्रोलियम पदार्थको मुल्य वृद्धि

०१ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

पेट्रोलियम पदार्थको मुल्य वृद्धि

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।  

आयल निगमले हिँजो मध्यरातदेखि लागु हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाइएको जानकारी गराएको हो । अहिलेलाई खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गरी इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा रु ४.४८ पैसा, डिजेल र मट्टितेलमा रु २.८३ पैसाले बढेर आएको बताउदै सञ्चालक समितिको बैठकले मध्यरातदेखि लागु हुनेगरी मूल्यवृद्धि गरिएको जानकारी दिएको छ ।