Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

जापानमा प्राविधिक अभ्यासार्थी पठाउन इच्छुक संस्थालाई सूचीकृत हुन आह्वान

०१ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

जापानमा प्राविधिक अभ्यासार्थी पठाउन इच्छुक संस्थालाई सूचीकृत हुन आह्वान

जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउन चाहने इजाजतपत्र प्राप्त संस्थाहरुलाई सूचीकृत हुन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले एक सूचना प्रकाशित गर्दै जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउन इच्छुक वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्रवाला संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो ।

योग्यता पुगेका संस्थाले आगामी पन्ध्र दिनभित्र विभागमा निवेदन दिन सक्ने जनाइएको छ । सूचनामा उल्लेख छ, ‘मित्रराष्ट्र जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउन सूचीकृत हुन चाहने वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त योग्यता पुगेका इच्छुक इजाजतपत्रवाला संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस विभागमा निवेदन दिनहुन सूचित गराइन्छ ।’

विभागले नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६३ (दोस्रो संशोधन, २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुन जानकारी गराएको छ । त्यस्तै, यसअघि सूचीकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरु पुनः सूचीकृत हुनु नपर्ने पनि विभागले बताएको छ ।