
मधेस प्रदेश सरकारले सिमलताल दुर्घटनामा परि ज्यान गुमाउनेको परिवारलाई एक लाखका दरले राहत दिने भएको छ । असार २८ गते सिमलतालमा लेदो सहितको पहिरोले आउदा त्रिशूली नदीमा बस दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परि २ वटा बस त्रिशूली नदीमा बेपत्ता भईरहेको छ । मधेस प्रदेश सरकारले बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको बताईएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति रु १ लाखका दरले राहत उपलब्ध गराउने बताएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने मुख्यमन्त्री कार्यालयले घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा उक्त राहत रकम प्रदान गरिने बताईएको छ ।