Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्राविधिक इन्स्पेक्टर श्रेष्ठलाई स्पष्टीकरण सोधियो

०३ बिहिबार , श्रावण २०८१२ बर्ष अगाडि

प्राविधिक इन्स्पेक्टर श्रेष्ठलाई स्पष्टीकरण सोधियो

नेपाल प्रहरीका प्राविधिक निरीक्षक (इन्स्पेक्टर) डा.पवन श्रेष्ठलाई सात दिने स्पष्टीकरण सोधिएको छ । गृह मन्त्रालयले लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई आज सार्वजनिक सूचना निकालेर सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

चित्तबुझ्दो स्पष्टीकरण नआएमा सेवाबाट हटाइने चेतावनी समेत दिइएको छ । जारी सूचनामा उल्लेख छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफु गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईँउपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसुरमा ऐ.नियमावलीको नियम १०९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजाने छ ।’

काठमाडौंको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत इन्स्पेक्टर श्रेष्ठ गत वैशाख २ गते पन्ध्र दिनका लागि घर बिदा स्वीकृत गराई बिदामा बसेका थिए । उनी वैशाख २३ गतेदेखि कार्यालयमा हाजिर हुनुपर्नेमा बिना जानकारी हालसम्म अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ ।